• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिहान उठ्ने बित्तिकै फोन चलाउँदा हुनेछन् यस्ता समस्या


  •    संवाददाता/ आइतबार, पुष २१, २०८१  

  • आजकल स्मार्टफोन हाम्रो जीवनको अटूट हिस्सा बनिसकेको छ । स्मार्टफोन हाम्रो जिन्दगीमा यसरी हावी भइसकेको छ कि स्मार्टफोन बिना कुनैपनि काम चल्न सक्छ भन्ने लाग्दैन ।

    दिनभर कुनै न कुनै कामका लागि फोनको प्रयोग गरिन्छ । धेरैजनाको बानी त बिहान उठ्ने बित्तिकै ओछ्यानमा रहँदा देखि नै फोन चलाउने हुन्छ । तर एकाबिहानै स्मार्टफोनको स्क्रिनमा गाडिने यस्तो बानी हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

    Advertisement

    बिहान उठ्ने बित्तिकै स्मार्टफोन प्रयोग गर्ने बानीले प्रत्यक्ष रुपमा हाम्रो स्वास्थ्य, मानसिक स्वास्थ्य तथा व्यक्तित्वलाई प्रभाव पार्दछ । एकाबिहानै फोन हेर्ने बानीका नकारात्मक असरहरु यस्ता छन्:

    Advertisement

    निद्राको गुणस्तर बिग्रिने

    जब हामी सुतिरहेका हुन्छौँ, त्यसबेला हाम्रो दिमाग शान्त रहन्छ । त्यस्तोमा जब हामीले बिहानै फोनको स्क्रिन हेर्छौँ तब हाम्रो दिमाग अचानक सक्रिय हुन्छ र यसले हाम्रा दिमागका स्नायुसम्मै क्षति पुर्‍याउँछ । यदि यो बानी लामो समयसम्म रह्यो भने निद्राको गुणस्तर खराब हुने तथा सधै थकान महसुस भएको जस्तो समस्या पैदा हुन्छ ।

    उच्च तनाव

    स्मार्टफोनमा सोसल मिडिया, समाचार, इमेल तथा विभिन्न खालका एपहरुका नोटिफिकेसन आइरहन्छन् । बिहानै उठेर यस्ता सूचना हेर्नाले तनाव अर्थात् स्ट्रेस बढ्न सक्छ । बिहानै यदि नकारात्मक खबर हेरियो भने त्यसबाट हाम्रो मस्तिष्क नकारात्मकताले भरिन्छ र दिनभरको मुड खराब हुन्छ ।

    उत्पादनशीलता घट्ने

    यदि उत्पादनशीलता अर्थात् प्रडक्टिभिटी बढाउनु छ भने बिहानको समय सबैभन्दा धेरै उपयोगी हुन्छ । बिहानको समयमा हामीले आफ्नो पूरा दिनको योजना बनाउन सक्छौँ र त्यसलाई उत्कृष्ट बनाउन सक्छौँ । तर, जब हामीले बिहानै उठ्ने बित्तिकै फोनमा झुम्मिन थाल्छौँ, तब हाम्रो ध्यान भट्किन्छ र धेरै समय बर्बाद हुन्छ । यसबाट तपाईँको समय त बर्बाद हुन्छ नै काममा मन नलाग्दा उत्पादनशीलता पनि कम हुन्छ ।

    आँखाको समस्या

    स्मार्टफोनको स्क्रिनबाट निस्किने निलो प्रकाश हाम्रो आँखाको लागि निकै हानिकारक हुन्छ। बिहान स्मार्टफोनको प्रयोग गर्दा आँखामा जलन हुने, सुन्निने र धमिलोपन जस्ता समस्या उत्पन्न हुन्छ ।

    त्यसैले बिहान उठ्ने बित्तिकै स्मार्टफोन चलाउनुको साटो अन्य विभिन्न गतिविधिमा ध्यान दिनु आवश्यक हुन्छ । बिहानको समयमा योगा, ध्यान, व्यायाम आदि गरेर आफ्नो दिनको सुरुवात गर्नुपर्छ । यसबाट हाम्रो दिमाग शान्त रहन्छ, राम्रो निद्रा पर्छ र उत्पादनशीलता पनि बढ्दछ । एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.