• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एनआरटी झापा कपको सेमिफाइनल प्रवेश


  •    संवाददाता/ बिहिबार, पुष ०४, २०८१  

  • कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५-१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

    Advertisement

    बिहीबारको खेलसँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औँ मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान अञ्जन विष्टले विदेशी खेलाडी नेमारको क्रस पासमा सुरुवाती अग्रता दिलाएका थिए ।

    Advertisement

    ३६ औँ मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई २-० को अवस्थामा पुर्याए । चित्लाङका डिफेन्डर गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गरेका थिए । खेलको ४२ औँ मिनेटमा चित्लाङले १ गोल फर्कायो । चित्लाङका लागि विदेशी खेलाडी फाजिलको हेडरलाई जनक कोइरालाले गरेको भली प्रहार सुन्दर गोल भएको थियो ।

    ६५ औँ मिनेटमा अञ्जनको पासमा मैदानको मध्यभागबाट सिंगल खेल्दै नेमारले एनआरटीका लागि अर्को गोल थपे । ६८ औँ मिनेटमा शिशिर लेखीले गोल थप्दै खेललाई ४-१ को अवस्थामा पुर्याए । नेमारको पासमा डिबक्समा अनमार्क रहेका लेखीले गोल गर्न सफल भएका थिए ।

    ८८ औँ मिनेटमा पेनाल्टीमार्फत एनआरटीले गोल थप्यो । गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टी सदुपयोग गर्दै अञ्जनले ह्याट्रिक पूरा गरेका थिए । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी एक्ला खेलाडी बनेका छन् ।

    खेलको प्लेयर अफ द म्याच एनआरटीका कप्तान अञ्जन विष्ट भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

    शुक्रबारको पहिलो सेमिफाइनल खेल सिरहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजकले जनाएको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबसँगको भेट पक्का गरेको छ ।

    प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.