• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एनपीएल: कर्णाली याक्स र पाेखरा एभेन्जर्सकाे पहिलाे जीत


  •    संवाददाता/ शुक्रबार, मङि्सर २१, २०८१  

  • नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ ।

    आज भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको हो ।

    Advertisement

    चितवनले दिएको १ सय ३१ रनको लक्ष्य कर्णालीले अन्तिम बल बाँकी छँदा ४ विकेट गुमाएर भेटाएको छ । कर्णालीका शिखर धवनले ४५ र चादविक वाल्टनलले ३० रन बनाए । चितवनका कप्तान कुशल मल्ल, जान निकोल लोफ्टी एटन र रवि बोपाराले १-१ विकेट लिएका हुन् ।

    Advertisement

    यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनायो । चितवनका रवि बोपाराले ५९ रन बनाए । कर्णालीका विपिन शर्माले ३ र जीशान मक्सूदले २ विकेट लिएका थिए ।

    प्रतियोगितामा कर्णालीको यो पहिलो जीत हो । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग पराजित भएको थियो भने चितवनले पहिलो हार बेहोरेको छ । चितवनले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो ।

    एनपीएलमा आजै भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको छ ।

    लुम्बिनीले दिएको १ सय ७१ रनको लक्ष्य पोखराले एक विकेट पनि नगुमाई १९ बलअघि नै भेटाएको हो ।

    पोखराका आन्द्रेस गौसले कीर्तिमानी शतक बनाए । एनपीएलमा पहिलो शतक बनाउने क्रममा आन्द्रेसले ५५ बलमा ५ छक्का र १२ चौकाको मद्दतमा १ सय ४ रन जोडेका हुन् । अमेरिकी ब्याटर आन्द्रेस एनपीएलमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । उनले २० बलमै अधर्शतक बनाए भने पोखराका दिनेश खरेलले ६१ रन बनाए ।

    यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको यियो ।

    लुम्बिनीका कप्तान रोहित पौडेलले ९५ रन बनाए भने टस मूर्सले ४५ रन बनाए । पोखराका विपिन खत्रीले २ विकेट लिएका हुन् ।

    योसँगै पोखराले प्रतियोगितामा पहिलो जीत हात पारेको छ । पोखराले यसअघि लगातार दुई खेल हारेको थियो भने लुम्बिनीले लगातार दोस्रो हार बेहोरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.