• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वडा नम्बर ४ ले जित्यो बिर्तामोड अन्तरवडा फुटबलको उपाधि


  •    संवाददाता/ बिहिबार, असोज २४, २०८१  

  • वडा नम्बर ५ लाई सडनडेथमा हराउँदै वडा नम्बर ४ ले बिर्तामोडमा सम्पन्न अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको टाइब्रेकर पनि बराबरी भएको थियो । सडनडेथमा वडा नम्बर ५ लाई ८-७ गोल अन्तरले हराउँदै वडा नम्बर ४ च्याम्पियन बनेको हो ।

    Advertisement

    जितसँगै वडा नम्बर ४ ले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेतामा सीमित वडा नम्बर ५ ले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

    Advertisement

    फाइनल खेलको प्लेयर अफ द म्याच वडा नम्बर ४ का नगेन्द्रमणि लिम्बू भए । उनले नगद २ हजार र ट्रफी पाए । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका वडा नम्बर ४ का हिसुब थपलियाले नगद १० हजार र ट्रफी पाएका छन् ।

    उत्कृष्ट प्रशिक्षक वडा नम्बर ४ का गोपाल राई तथा गोलकिप्पर वडा नम्बर ४ का रोशन शाह भए भने उत्कृष्ट डिफेन्डर वडा नम्बर ४ का प्रविन सिटौला, मिडफिल्डर वडा नम्बर ५ का अंकुर तामाङ, फरवार्ड वडा नम्बर ९ का दिशान्त राई भए । उनीहरुले नगद पाँच हजार र ट्रफी पाएका छन् ।

    यसैबीच, बिहीवार नै सम्पन्न भेट्रान प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ । वडा नम्बर ५ लाई ५-० गोल अन्तरले हराउँदै वडा नम्बर १० च्याम्पियन बनेको हो ।

    उपाधिसँगै वडा नम्बर १० ले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता बनेको वडा नम्बर ५ ले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

    बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताका विजेता तथा उपविजेतालाई विशिष्ट अतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा अध्यक्षहरु, समिति अध्यक्ष विकास गिरी, प्रतियोगिता संयोजक सन्तोष गुरुङ, मिसन बिर्तामोडका संयोजक माधवकुमार झालगायतले पुरस्कार वितरण गरेका थिए ।

    समिति अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न पाँचौँ संस्करणको प्रतियोगिता सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा भएको थियो ।

    उक्त कार्यक्रमको सञ्चालन समिति सचिव बिसन लिम्बूले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.