अपाङ्ग मैत्री सेवा स्वरोजगार संस्था मेचीनगरले नि:शुल्क दन्त तथा आँखा शिविर सम्पन्न गरेको छ ।
संस्थाले जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रमसहितको दुर्गा पूजाको अवसरमा मेचीनगर नगरपालिका वडा नं.१० ढाँटमा शनिबार दन्त तथा आँखा शिविर सञ्चालन गरेको हो ।
काँकडभिट्टा आई केयर सेन्टरको प्राविधिक सहयोगमा भएको शिविरमा ११० जनाले आँखा चेकजाँच गरेका मेचीनगर नगरपालिका वडा नं.१० का वडा सदस्य विशाल कार्कीले जानकारी दिए ।
Advertisement
आँखा चेकजाँचका क्रममा १८ जनाको शल्यक्रिया र १३ जनामा मोतिबिन्दुको समस्या देखिएको वडा सदस्य कार्कीले बताए ।
त्यस्तै आमा डेन्टल केयर दमकको प्राविधिक सहयोगमा भएको दन्त परीक्षणमा ४५ जनाले दाँत परीक्षण गरेका अपाङ्ग मैत्री सेवा स्वरोजगार संस्था मेचीनगरका अध्यक्ष राम बुढाथोकीले जानकारी दिए ।







