• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुद्धशान्ति-१ झापा मिडिया कपको मुख्य प्रायोजक


  •    संवाददाता/ शनिबार, असोज १२, २०८१  

  • बुद्धशान्ति प्रेस क्लब झापाले आयोजना गर्ने झापा मिडिया कप २०८१ को मुख्य प्रायोजक बुद्धशान्ति गाउँपालिका वडा नं.१ रहने भएको छ ।

    शुक्रबार वडा नं १ का वडाध्यक्ष अनिल वाग्ले र बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिनाले हस्ताक्षर गर्दै सम्झौता गरेका हुन् ।

    Advertisement

    सम्झौता पत्रमा हस्ताक्षर गर्दै वडा अध्यक्ष वाग्लेले झापाली सञ्चारकर्मीहरु एउटै मैदानमा खेलका लागि उतार्न पाउँदा खुसी भएको बताए । उनले खेल सफलताको शुभकामना व्यक्त गर्दै सञ्चारकर्मी सञ्चार कर्ममा मात्रै रहीरहँदा तनाब, थकान भइरहेको अवस्थामा दुई दिनको छोटो खेलले केही भएपनि मनोरञ्जन प्रदान गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

    Advertisement

    सम्झौता पत्रमा हस्ताक्षर पश्चात प्रेस क्लबका अध्यक्ष तिम्सिनाले मुख्य प्रायोजलाई धन्यवाद प्रकट गर्दै खेललाई सबै क्षेत्रबाट सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

    हस्ताक्षर कार्यक्रममा प्रेस क्लबका उपाध्यक्ष नारायण अर्यालको समेत उपस्थिति रहको थियो । वडा नं.१ मा वडा सदस्य तुलसा खतिवडा रेग्मी, लक्ष्मी प्रसाद कंडेल, मोहनकुमार राई, सुमित्रा रसाइली वडा सचिव लोकमाया बानिँया रहेका छन् ।

    आगामी असोज १७ र १८ गते हुने प्रतियोगितामा झापाका ६ वटा पालिकास्तरका प्रेस क्लब र नेपाल खेलकुद पत्रकार मञ्च झापाको टिम सहभागी रहने छन् । प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचिनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने क्लबका सचिव रोशन भट्टराईले बताएका छन् ।

    त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् । प्रतियोगिताको प्रथम पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्रसहित नगद २५ हजार रहेको छ भने द्वितिय पुरस्कार पनि ट्रफी, मेडल र प्रमाण पत्रसहित नगद १५ हजार रहेको आयोजकले जनाएको छ ।

    प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ५० हजार रुपैँया खर्च हुने अनुमान गरिएको छ । घटस्थापनाको दिन र भोलिपल्ट हुने प्रतियोगिता होक्सेमा रहेको त्रिभुवन माविको खेलमैदानमा आयोजना हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.