• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सोमबारे फुटबल प्रतियोगितामा: राजगढ र दुधे विजयी


  •    संवाददाता/ सोमबार, असोज ०७, २०८१  

  • झापाको बिर्तामोड-२ सोमबारेमा आजबाट सुरु जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा राजगढ एफसी र दुधे युथ क्लबले विजयी सुरुवात गरेका छन् ।

    सोमबार भएको उद्घाटन खेलमा राजगढले शनिश्चरे एफसीलाई टाइब्रेकरमा हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

    Advertisement

    निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा राजगढले शनिश्चरेलाई ४-३ गोल अन्तरले हराएको हो । खेलको प्लेयर अफ द म्याच राजगढका गोलकिप्पर आयुष योङहाङ भए । उनले ट्रफी प्राप्त गरेका थिए ।

    Advertisement

    त्यस्तै आज भएको दोस्रो खेलमा दुधे युथ क्लबले शानदार जित दर्ता गर्‍यो । बिर्तामोड युनाइटेड एफसीलाई ३-० गोल अन्तरले हराउँदै दुधे क्वार्टर फाइनलमा पुगेको छ ।

    दुधेका लागि खेलको ८ औँ र ३६ औँ मिनेटमा रोशन मगरले गोल गरेका थिए भने खेलको ३९ औँ मिनेटमा रोजन कार्कीले गोल गर्दै जित पक्का गरेका हुन् ।

    खेलको प्लेयर अफ द म्याच दुधेका दुई गोलकर्ता मगर भए । उनलाई प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, स्थानीय सामाजिक अगुवा धर्म लक्सम्बा लगायतले ट्रफी प्रदान गरेका थिए ।

    बडादसैँको उपलक्ष्यमा आयोजना भएको प्रतियोगितामा झापाका १२ वटा टिमको सहभागिता रहेको क्लबका अध्यक्ष उमेश राईले जानकारी दिए ।

    खेल क्षेत्रको प्रवर्धन र सामाजिक क्षेत्रअन्तर्गत सोमबारे क्षेत्रमा पर्ने करिब १८०० मिटर सडकमा रहेको बिजुली पोलहरुमा सडकबत्ती जडान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका विजेताले ५१ हजार र उपविजेताले २५ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र र ट्रफी मेडल प्राप्त गर्ने छन् ।

    क्लबका अध्यक्ष राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भण्डारी, विशेष अतिथि बिर्तामोड-२ का वडाध्यक्ष किशोरकुमार पौडेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

    उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.