उज्यालो चारपाने बाल क्लबले बाल दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
बिर्तामोड नगरपालिका वडा नं.२ भित्र रहेका सात वटा विद्यालयका विद्यार्थीहरुको सहभागितामा शनिबार साङ्गवेद संस्कृत विद्यालयमा कार्यक्रम गरिएको थियो ।
उक्त अवसरमा विद्यार्थीहरुले हाजिरीजवाफ, नृत्य, गायन, कवितावाचन लगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरेका थिए ।
Advertisement
हाजिरीजवाफतर्फ साङ्गवेद प्रथम, मोहनमाया माध्यमिक विद्यालय दोस्रो र निदि माध्यमिक विद्यालय तेश्रो भएका छन् ।
उज्यालो चारपाने बाल क्लबका अध्यक्ष एलिजा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बालबालिका शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले शुभकामना मन्तव्य राख्नुका साथै हाजिरीजवाफमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन स्नेहा मिश्रा र आरोही उप्रेतीले गरेका थिए ।







