नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरिएको छ ।
क्यानले सोमबार साँझ होटल सोल्टीमा लोगो सार्वजनिक गरेको हो । एनपिएलको लोगो खेलकुद मन्त्री तेजुलाल चौधरीले अनावरण गरेका हुन् ।
लिगको मिति समेत सार्वजनिक गरिएको छ । क्यानले आगामी मंसिर १५ देखि पुस ६ सम्म प्रतियोगिता आयोजना गर्ने समेत घोषणा गरेको छ ।
Advertisement
यसअघि क्यानले दुई वर्षअघि नेपाल टी-२० लिग नाममा भारतीय कम्पनीलाई आयोजनाको अधिकार बेचेको थियो । तर सो लिग विवादित बन्नुका साथै म्याच फिक्सिङको समेत आशंका भएको थियो ।
यसपटक आफैँ आयोजना गर्न लागेको लिगमा क्यानले ६ टोली हुने बताएको छ । टोलीको स्वामित्व किन्नका लागि क्यानले यसअघि सूचना प्रकासित गरेको थियो । जसमा विभिन्न कम्पनीले परियोजना प्रस्तुत गरेका छन् ।







