अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बिएण्सी टिचिङ्ग अस्पताल र पुर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
पुर्वाञ्चल क्यान्सर अस्पतालमा सोमबार भएको रक्तदान कार्यक्रममा १२ महिलासहित ४८ जनाले रगत दान गरेको अस्पतालका प्रवक्ता एवं जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए ।
झापामा रगतको अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा सञ्चारकर्मी नेत्रबिक्रम बिमलीले ११६ औं पटक रगत दान गरेको रक्तसञ्चार केन्द्र झापाका इन्चार्ज शिशिर दाहालले बताए ।
Advertisement
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार झापाको प्राविधिक सहयोग रहेको कार्यक्रममा अस्पतालका कर्मचारी एवं सर्वसाधारणले रक्तदान गरेका थिए ।







