• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गौरीगञ्ज बालक मृत्यु प्रकरण: मृतक परिवारलाई साढे पाँच लाख दिइने निर्णय


  •    संवाददाता/ सोमबार, बैशाख २४, २०८१  

  • गौरीगञ्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएका महेशकुमार महतोको परिवारलाई पाँच लाख ५० हजार रुपैयाँ राहतस्वरूप प्रदान गर्ने निर्णय भएको छ ।

    गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलबती राजवंशीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

    Advertisement

    गौरीगञ्ज-६ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बद्रीनारायण यादवले राहतस्वरूप पाँच लाख र किरिया खर्च ५० हजार रुपैयाँ पीडित परिवारलाई दिने कार्यपालिका बैठकले निर्णय गरेको जानकारी दिए ।

    Advertisement

    गौरीगञ्ज-६ खजुरगाछी निवासी रामदेव महतोको छोरा ११ वर्षीय महेशकुमार महतोको उपचारका क्रममा बैशाख २० गते शुक्रबार मृत्यु भएको थियो ।

    शुक्रबार बिहान अन्दाजी ६ बजे झाडापखाला लागेपछि उनलाई उपचारका लागि गौरीगञ्ज अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सक तथा कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको पीडित परिवारले आरोप लगाएका थिए ।

    पीडित परिवार, आफन्त र स्थानीहरूले अस्पतालमा दिनभर विरोध प्रदर्शन गर्नुका साथै दिनभर ढुंगामुढा गरेका थिए । अस्पतालको झ्यालको सिसा, ढोका तथा अस्पतालले प्रयोग गर्ने सर्भर तथा अन्य भौतिक संरचनामा लाखौँको क्षति पुगेको छ । गाउँपालिकाकी अध्यक्ष फूलबती राजवंशीको रोहवरमा अस्पताल व्यवस्थापन समिति र पीडित परिवारबीच सहमति भएपछि मृतकलाई पोस्टमार्टमका लागि धरान लगिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.