पाँच खेलको टी-२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा तीन विकेट गुमाएर २०९ रन बनाएको हो ।
वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ८४, जोनसन चार्ल्सले ५८ र फाबिएन एलेनले ३३ रन बनाएका थिए ।
Advertisement
नेपालका लागि कुशल भुर्तेलले दुई र प्रतिस जि.सीले एक विकेट लिएका थिए । नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्ने छ ।
वेस्टइन्डिज `ए´ सँगको पाँच खेलको सिरिजमा नेपाल २-१ ले पछि रहेको छ । सिरिज जित्न नेपालले आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।







