झापाको राजगढस्थित गोपाल राजवंशीले सञ्चालन गरेको काठ मिलमा सोमवार बिहान आगलागी भएको छ । विद्युत् सर्ट भएर मिलमा अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।
इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो निभाएको छ । आगलागीबाट काठ चिर्ने मेसिन, मिलमा रहेको काठ र मोटर गरी सात लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
Advertisement







