• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लायन्स र लियोको पद हस्तान्तरण पत्रकार गौतमलाई सम्मान


  •    सन्जु शिवाकोटी / आइतबार, मङि्सर ०३, २०८०  

  • बिर्तामोड । झापाको बिर्तामोड र भद्रपुरमा क्रियाशील लायन्स क्लब तथा लियो क्लबको आज पदस्थापन गरिएको छ ।

    लायन्स क्लब अफ बिर्तामोड लेडी, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडी, लायन्स क्लब अफ भद्रपुर तथा लियो क्लव अफ बिर्तामोड लेडी र लियो क्लब अफ भद्रपुरको सन् २०२३–२०२४ का लागि नेतृत्वलाई सन् २०२२/०२३ को नेतृत्वले पद हस्तान्तरण गरेको हो ।

    Advertisement

    लायन्स क्लबका डिष्ट्रिक गभर्नर विजयहरि शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पत्रकार रेजिना गौतमलाई सम्मान गरिएको छ ।

    सञ्चारको माध्यमबाट महिलाका समस्या उठान गरी समाज रुपान्तरणमा सहयोग पुर्याउनुका साथै लायन्सका गतिविधिलाई प्रचार÷प्रसार गरेकोमा कदर गर्दै पत्रकार गौतमलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

    Advertisement

    झापामा महिलाले नेतृत्व गरेका लायन्स क्लबको तर्फबाट सम्मानित हुने गौतम पहिलो महिला पत्रकार हुन् । झापालाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशील गौतम महिला पत्रकारको साझा संस्था नारी सञ्चार गृह झापाको अध्यक्ष हुन् । सम्मानित गौतमलाई लायन्सका डिष्ट्रिक गभर्नर विजयहरि शर्माले सम्मान पत्र प्रदान गरेका थिए ।

    सो अवसरमा २०२२–२०२३ का अध्यक्षहरु लायन्स क्लब अफ बिर्तामोड लेडीका अध्यक्ष नम्रता रिजाल ढकालले सन् २०२३–२०२४ की अध्यक्ष निरु उप्रेती ओलीलाई, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीका अध्यक्ष पार्वता गिरीले अञ्जु पाण्डे र लायन्स क्लब अफ भद्रपुरका प्रकाश उप्रेतीले शर्मिला अधिकारीलाई आफ्नो गलामा रहेको लायन्स चेन र दोसल्ला पहिर्याएर पद हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा लायन्सको सदस्यता लिएका नयाँ सदस्यहरुलाई प्रमुख अतिथि शर्माले सपथ ग्रहण गराएका थिए ।

    कार्यक्रममा प्रमुख अथिति शर्मा, अथितिहरु धिरज गुरुङ, विकास अधिकारी, सुरज खत्री, सम्मानित व्यक्ति रेजिना गौतम लगायतले मन्तव्य राख्दै लायन्सको विधि पद्धति, कामबारे चर्चा गरेका थिए ।

    नम्रता रिजाल ढकालले स्वागत गरेको कार्यक्रममा पदभार ग्रहण गर्दै अध्यक्ष त्रय ओली, पाण्डे र अधिकारी तथा लियो क्लब अफ बिर्तामोड लेडीकी सन् २०२३–२०२४ की अध्यक्ष प्रशंसा घिमिरेले स्वीकारोक्ति मन्तव्य राखेको थिइन् ।

    मञ्जु उप्रेतीले झण्डाको अभिवादन गरेको कार्यक्रमको सञ्चालन इन्दिरा खरेल र सरु भुर्तेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.