एनप्याब्सन झापाले प्रेम लिम्बूको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै ७ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन झापा शाखाको उपाध्यक्षमा ओम बिक्रम नेङ्वाङ ,मोहन आचार्य ,सचिब भगिरथ राई ,सह-सचिब मानबहादुर लिम्बू ,कोषाध्यक्ष गुणराज गिरि ,सह -कोषाध्यक्ष किरण अधिकारी चयन भएका छन् ।
अध्यक्ष खिवराज भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा केन्द्रीय अध्यक्ष पाण्डब हमालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा कोशी प्रदेश कमिटीमा निर्वाचित राजकुमार सिंह राजबंशी ,गिरिराज बस्नेत ,जीवन भट्टराई तथा जयनारायण ढुंगाना,दिलिप अधिकारी र मणिदेबी भट्टराई लाई सम्मान गरिएको थियो । यस्तै केन्द्रीय सदस्य निर्वाचित जयबहादुर श्रेष्ठ र संजिब राई लाई पनि सम्मान गरिएको छ। कार्यक्रममा प्रमुख अतिथि हमाल,केन्द्रीय उपाध्यक्ष शम्भु अधिकारी ,बजेश मिश्र , ईस्टु उपाध्यक्ष रमा सुवेदी लगायतले शुभकामना राखेका थिए ।







