राष्ट्रिय रमणीय आदर्श मावध्मिक विध्यालयका प्रधानाध्यापक कुटिएका छन ।
झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित राष्ट्रिय रमणीय मा वि का प्रधानाध्यापक सेवा निवृत्त शिक्षक गणेश भाण्डारी द्वारा कुटिएका हुन । विद्यालयमा लेखा साखामा रहेका प्रधानाध्यापक लालमणी सुवेदीलाई यसअघि कार्यरत सोही विद्यालयमा शिक्षक भण्डारीले थप्पड हानेका हुन् । उनी गएको असोज ३ गते मात्र सेवा निवृत्त भएका थिए । भण्डारीको संचित विदाका विषयमा विवाद हुदा सुवेदी कुटिएका हुन । नियमविपरित नगर्ने प्रधानाध्यापक सुवेदीले अड्डी नछोडेपछि रिसले चुर भएका भण्डारीले झुक्याएर थप्पड हानेको स्रोतले बताएको छ । ‘भण्डारीको संचित विदा सकिएको थियो । प्रधानाध्यापकलाई उनले संचित विदा सकिएपनि नियमअनुसार नै विदा सिफारिस गरिदिन अनुरोध गरेका थिए’ स्रोतले भन्यो, ‘प्रधानाध्यापक सुवेदीले भण्डारीको माग बमोजिम कानुनविपरित सिफारिस दिन नसक्ने बताएपछि भण्डारीले थप्पड हानेका हुन् ।’
यसैबीच इलाका प्रहरी कार्यालय झिलझिलेले प्रधानाध्यापक सुवेदीलाई थप्पड हान्ने शिक्षक भण्डारीलाई पक्राउ गरेको छ । पक्राउ परेका शिक्षकलाई अनुसन्धानका लागि प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।
कुटिए राष्ट्रिय रमणीय माविका प्रधानाध्यापक सुवेदी
कुटिए राष्ट्रिय रमणीय माविका प्रधानाध्यापक सुवेदी
Advertisement
तपाईको प्रतिक्रिया







