• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षीका ५३ विपन्न तथा जेहेन्दार विद्यार्थीले पाए छात्रवृत्ति


  •    संवाददाता/ सोमबार, असार २५, २०८०  

  • शिवसवसताक्षी नगरपालिकाले नगर भित्रका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिका भित्रका प्राविधिक धार र साधारण विषयतर्फ अध्ययन गर्ने ५३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

    उनीहरुलाई नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बीच नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतले छात्रवृत्ति प्रदान गरेका थिए ।

    Advertisement

    शिवसताक्षीको झिलझिलेमा रहेको गणेशमानसिंह अध्ययन प्रतिष्ठान शिक्षालयका ४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । त्यस्तै शिवसताक्षीमा रहेर अन्य पालिकाहरुमा प्राविधिक धारतर्फका अध्ययन गर्ने १६ जनालाई पनि छात्रवृत्ती प्रदान गरिएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ । साधारण विषय अध्ययन गर्ने २९ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको हो भने, एक जना शिवसताक्षी निवासी काठमाण्डौ एपिफ विद्यालयमा अध्ययन गर्ने छात्रलाई समेत छात्रवृत्ति प्रदान गरिएको हो ।

    Advertisement

    नगरपालिकाले ५३ जनालाई ९ लाख ८० हजार ५ सय रकम छात्रवृत्ति प्रदान गरेको शिक्षा शाखा प्रमुख छविलाल ढकालले जानकारी दिए ।
    कार्यक्रममा नगरप्रमुख थोप्राले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए । उनले गरिव तथा विपन्न परिवारका छोरा छोरीहरु माथिल्लो कक्षा अध्ययन गर्नका लागि बन्चित हुन नपरोस भनेर नै नगरपालिकाले छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिए । आउँदो आवमा नगरपालिकाले कक्षा ११ लाई निशुल्क शिक्षा प्रदान गर्ने छ । कक्षा दश सम्म शिक्षामा निशुल्क भएपनि माथिल्लो कक्षा र प्राविधिकधार तर्फ अध्ययन गर्दा फि तिर्नु पर्ने बाध्यताले गरिव तथा विपन्न परिवारका छोरा छोरीहरुले पढाई छोड्नु पर्ने बाध्यतालाई निरुसाहित गर्न छात्रवृत्तिको व्यवस्था गरिएको नगरप्रमुुख थोप्राको भनाई थियो । यसले वर्षेनी शिक्षा आर्जन गर्न सर्वसुलभ हुँदै जाने छ ।

    त्यस्तै नगर उपप्रमुख नगरमाया कार्कीले विद्यार्थीले पाएको छात्रवृत्तिले अध्ययनका लागि खर्च गर्न सुझाइन् । एउटा घरमा कम्तिमा एक जना शिक्षित हुँदा सिंगो परिवार शिक्षित हुने हुँदा सम्पूर्ण विद्यार्थीहरुलाई राम्रो सँग अध्ययन गर्न समेत उनले बताइन् । यहाँ छात्रवृत्ति पाएका विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्दा राम्रो ग्रेड ल्याएर उत्तीर्ण गर्दा नगरपालिकाले विद्यार्थीहरुलाई गरेको लगानीले सार्थकता पाउने उपप्रमुख कार्कीको भनाई थियो ।
    कार्यक्रममा शिवसताक्षी नगरपालिकाका लेखा प्रमुख प्रकाश योङ्गहाङ्ग, योजना अधिकृत प्रकाश चौधरी, प्रशासन प्रमुख डिल्ली नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । शिक्षा शाखाका प्राविधिक सरोज अधिकारीको स्वागत रहेको कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख छविलाल ढकालले सञ्चालन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.