सत्तारूढ गठबन्धनको बैठकले कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखसहित ४७ सांसदको हस्ताक्षर बुझाउने निर्णय गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्तारूढ ७ दलको बैठकले कोशीमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखसहितको दाबी पेश गर्ने निर्णय गरेको हो।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दिएको समयसीमा आजै सकिँदैछ। सत्ता गठबन्धनको बैठकले सरकार गठनका लागि ४७ सांसदको समर्थन बुझाउन कांग्रेस संसदीय दलका नेता उद्धव थापा, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो र एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई निर्देशन दिएको हो।
Advertisement







