• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अस्वस्थकर खानेकुराका कारण विश्वभर हरेक वर्ष झण्डै ५५ करोड मानिस बिरामी : डब्लुएचओ


  •    संवाददाता/ बुधबार, जेठ २४, २०८०  

  • आज विश्व खाद्य स्वच्छता दिवस मनाईंदैछ । यसवर्षको नारा ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ रहेको छ ।

    नेपालको संविधानले हरेक नेपालीका लागि उपभोक्ताको हक, खाद्यसम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको छ ।

    Advertisement

    तर, ती व्यवस्था कार्यान्वयनको पक्ष भने निकै फितलो छ । बजारमा पाइने प्रायः सबैजसो खाद्य बस्तुमा अखाद्य बस्तुको मिसावट भएको पाइन्छ भने स्वास्थ्यलाई हानी गर्ने रसायन तथा रंगको समेत प्रयोग गर्ने गरेको पाइन्छ ।

    Advertisement

    अखाद्य तथा गुणस्तरहीन खाद्य बस्तुको उपभोगले नागरिकको स्वास्थ्यमा असर पर्ने हुँदा बस्तुको उत्पादनमा गुणस्तर मुख्य मानिन्छ ।

    सरकारले विभिन्न १ सय ३७ वटा खाद्य पदार्थहरुको मापदण्ड र स्वच्छतासँगसम्बन्धी मापदण्ड तयार गरी लागू गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा.मतिना जोशी वैद्यले बताउनुभएको छ ।

    जिम्मेवार निकायले उपभोग्य बस्तुमा हुने कैफियत रोकथामको प्रयास गरेको दाबी गरे पनि बजारमा पाइने प्रायः सबैजसो खाद्य बस्तुमा अखाद्य बस्तुको मिसावट हुने गरेको भेटिन्छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार अस्वस्थकर खानेकुराका कारण विश्वभर हरेक वर्ष झण्डै ५५ करोड मानिस बिरामी हुने गरेका छन् ।

    अस्वस्थकर खानाले दुई लाख ३० हजारको ज्यान जाने गरेको छ । अस्वस्थकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका रोग लाग्ने डब्लुएचओले जनाएकाे छ ।

    खाद्य स्वच्छता सप्ताहमा अस्वस्थकर एवम् दूषित खाद्य पदार्थबाट हुने हानी नोक्सानी, रोगको जोखिमबारे उपभोक्तालाई जानकारी गराउने, त्यसका लागि खाद्य स्वच्छतासम्बन्धी चेतनामूलक कार्यक्रम गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रणका विभागका महानिर्देशक डा.जोशीले जानकारी दिनुभयो ।

    सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र संघको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरे अनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ।

    दिवसका अवसरमा गएको मंगलवारदेखि सप्ताहव्यापी कार्यक्रम गरिएको थियो ।

    दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कृषि मन्त्री डा.बेदुराम भुसाललगायतले शुभकामना व्यक्त गरी स्वच्छ खाद्य बस्तु उत्पादनका लागि खाद्य शृङ्खलाको हरेक चरणमा गुणस्तरयुक्त अभ्यास तथा मापदण्डको अनिवार्य पालना गर्न आग्रह गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.