परिक्षामा फेल भएपछि झापामा एक बालिकाले आत्महत्या गरेकी छन । कक्षा ८ मा अनुत्तीर्ण भएपछि झापा कचनकवलमा एक छात्राले आत्महत्या गरेकी हुन।
झ कचनकवल गाउँपालिका-६ स्थित पल्लाबारी घर भएकी कृष्ण यादवकी १६ वर्षीया छोरी रानी यादवले आफू कक्षा ८ को परिक्षामा अनुत्तीर्ण भएको र आफू फेरी कक्षा ८ मै अध्ययन गर्नु पर्ने भएको भन्दै आज आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी छिन्। उनी लक्ष्मी माविको कक्षा ८ मा अध्ययनरत थिइन। उनको शव परिक्षणका लागी भद्रपुर स्थित मेची प्रादेशिक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
Advertisement







