झापा । क्यान्सर पीडित बिर्तामोडका ज्ञान बहादुर बुढाथोकी लाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
बिर्तामोड स्थित देबि माध्यमिक बिद्यालयमा कर्यरत शिक्षक बुढाथोकीलाई नेपाल शिक्षक महासंघ बिर्तामोड नगर कमिटीको पहलमा शुक्रबार भेटघाट गरि सहयोग रकम हस्तान्तरण गरिएको महासंघका सचिब उमानाथ भण्डारीले जानकारी दिए ।
बिर्तामोड ८ गरामनी निवासी बुढाथोकी केही समय देखि क्यान्सर बाट ग्रस्त छन् उनको उपचारमा लाखौं रुपैयाँ खर्च हुँदै आएको छ ।
नगर भित्र संचालित १८ वटा सामुदायिक बिद्यालयका शिक्षक बाट संकलन गरिएको १ लाख ३४ हजार ५ सय रुपैयाँँ नगद बुढाथोकी लाई हस्तान्तरण गरिएको हो । यस अघि उनी कार्यरत बिद्यालय बाट १ लाख ७४ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
सो रकम हस्तान्तरण कार्यक्रममा बोल्दै आर्थिक अवस्था समान्य भएपनी महंगो उपचार प्रणालीका कारण सहयोग संकलन गरि हस्तान्तरण गरिएको महासंघका अध्यक्ष अध्यक्ष युवराज कट्टेलले जानकारी दिए ।
मोटो रकम खर्च भएपनी सरकारले निजामती कर्मचारीलाई अन्य सेवा सुबिधा उपलब्ध नगराउदा समस्या भएकाले थप सहयोगको लागि पहल गर्ने महासंघका सचिब भण्डारीले प्रतिबद्धता ब्यक्त गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा विभिन्न बिद्यालय प्रधानाध्यापक ,शिक्षक र महासंघमा आवद्ध पदाधिकारीको उपस्थिति रहेको थियो ।







