• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वायु प्रदूषण सम्बन्धी जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


  •    संवाददाता/ सोमबार, बैशाख ०४, २०८०  

  • वैशाख ०४, इलाम । इलाममा वायु प्रदूषण सम्बन्धी जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षण मञ्च नेपालको आयोजना तथा हरित शान्ति अभियान, इलाम नगरपालिका, अमेरिकन कर्नर इलामको सह–आयोजनामा गरिएको कार्यक्रम स्वच्छ ऊर्जा नेपाल र अमेरिकी दुतवासको आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।
    इलाम नगरपालिकाकी उप–प्रमुख विष्णु कुमारी लिम्बू दाहालको प्रमुख आतिथ्यता सञ्चालन गरिएको कार्यक्रममा नगरपालिकाको प्रवक्ता तथा ४ नं. वडाका वडाध्यक्ष नुतनदेव दुलाल, वडा नं. १ का वडाध्यक्ष गायत्री राम बस्नेत, वडा नं. ५ का वडाध्यक्ष काजी बहादुर श्रेष्ठ, वडा नं. ६ का वडाध्यक्ष दुर्गा श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं. ८ का वडाध्यक्ष दलमान तामाङ र वडा नं. १० का वडाध्यक्ष ओमनाथ प्रधान विशेष आतिथ्यता रहेको थियो ।

    त्यसैगरी नगरपालिकाकी कार्यपालिका सदस्य सरीमाया धमला र धनमाया लिम्बू, स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्य, पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, इलाम सामुदायिक कृषि क्याम्पस प्रमुख डा. योगेन्द्रमान श्रेष्ठ, इलाम नगरपालिकाका पूर्व प्रशासकीय अधिकृत रामकुमार शाह, प्रशासकीय अधिकृत बबुल भक्तराज, हरित नगर महिला समूहकी उपाध्यक्ष सुनिता कर्मचार्य, हरित शान्ति अभियानका सह–सचिव बद्री खड्का, डिभिजन वन कार्यालयका प्रतिनिधि हरी लिम्बू योङहाङ,रिसव घिसिङ लगायतको आतिथ्यता रहेको थियो ।

    वायु प्रदूषण हिसाबले विश्वमा नेपाल पहिलो स्थानमा आउँदा इलाम नगरपालिका पनि वायु प्रदूषण जोखिम रहेको कार्यक्रममा वातावरण संरक्षण मञ्च नेपालका अध्यक्ष हैकम घिसिङले प्रस्तुतिकरण गर्नुभएको थियो । घिसिङले वायु प्रदूषण र यसका मानव स्वास्थ्य तथा वातावरणीय असरहरु, कारणहरु साथै वायु प्रदूषण मापनका लागि तयार गरिएको मापदण्ड हरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

    Advertisement

    त्यसैगरी इलाम नगरपालिकाकी वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख लुना खतिवडाले वायु प्रदूषणको न्यूनिकरणका लागि विद्यमान नीतिगत व्यवस्थाहरु र आगामी दिनमा इलाम नगरपालिकाले गर्नुपर्ने क्रियाकलापहरुबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।
    दोस्रो सेसनमा जनप्रतिनिधि तथा सरोकारवाला सघ संस्थाका प्रतिनिधि ज्यूहरुले छलफलमा सक्रिय सहभागिता जनाउनुभएको थियो । इलाम नगरपालिकाभित्र शव दाह गर्दा टायर प्रयोग निशेष गरिनुपर्नेमा सहभागीहरुले जोड दिनुभएको थियो । योजना निर्माण गर्दा विज्ञ विना नै हुने गरेकाले समस्या सिर्जना हुने गरेको सामुदायिक कृषि क्याम्पसका प्रमुख योगेन्द्रमान श्रेष्ठले बताउनुभयो । इलाममा वातावरणका क्षेत्रमा धेरै कार्यहरु भएता पनि अभिलेखिकरण नभएको तथा तथ्याङ्कमा नरहेको नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताउनुभयो ।

    Advertisement

    वडा नं. ५ का वडाध्यक्ष काजीबहादुर श्रेष्ठले स्थानीयस्तरका समस्याहरुको सुनुवाई नीति निर्माता तथा माथिल्लो निकाय सम्म पुग्नुपर्ने बताउनुभयो । वातावरण क्षेत्रमा काम गर्ने प्रयास धेरै भएता पनि पर्याप्त स्रोत साधनको अभाव रहेको वडा नं. १० का अध्यक्ष ओमनाथ प्रधानले बताउनुभयो । स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले घरभित्रको वायु प्रदूषण तुलनात्मक रुपमा बढी रहेको बताउँदै सुधारिएको चुलो तथा इन्डक्सन चुलो वितरण र सचेतना कार्यक्रम सञ्चालनमा जोड दिनुपर्नेे बताउनुभयो । साथै माक्स प्रयोग गर्ने अभियान निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रमका प्रमुख अतिथि तथा इलाम नगरपालिकाकी उप–प्रमुख विष्णु कुमारी लिम्बू दाहालले संघीय वन ऐन र नीतिका कारणले स्थानीय तहहरुले वातावरण संरक्षण र पर्यावरणको क्षेत्रमा ठोसमूलक काम गर्न नसकेको कारण ऐन संशोधन गर्नुपर्ने औल्याउनुभएको थियो ।
    हरित शान्ति अभियानकी उपाध्यक्ष रिना घिमिरे(घले)को अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन वातावरण संरक्षण मञ्च नेपालका सह–सचिव सत्यम चौधरीले गर्नुभएको थियो भने कार्यक्रमको औचित्य तथा सहभागीहरुलाई स्वागत मन्तव्य सचिव कुलदीप भेटवालले गर्नुभएको थियो । कार्यक्रममा वातावरण संरक्षण मञ्च नेपालकी कोषाध्यक्ष पुजा थापा मगर, सदस्य गित कार्की साथै इलाम नगरपालिका प्रतिनिधि टेक बहादुर श्रेष्ठको सक्रिय सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.