• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

असिनापानी पीडित किसानलाई कनकाई नगरले क्षतिपुर्ति उपलब्ध गराउने


  •    संवाददाता/ शनिबार, चैत २५, २०७९  

  • झापाको कनकाई नगरपालिकाले असिनापानीसहित आएको हावाहुरीबाट पीडित बनेका नगरका स्थानीयवासीहरुलाई क्षतिपुर्ति दिने भएको छ । क्षतिको यकिन विवरणका लागि यतिबेला नगरले वडागत रुपमा प्राविधिक परिचालन गरि तथ्यांक संकलन गरिरहेको छ भने संकलित प्रतिवेदनका आधारमा वडाका जनप्रतिनिधि सहित सरोकारवाला निकाय विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि विभिन्न कृषक तथा कृषि समुह टोल समितिहरुको सुझावका आधारमा नगरले क्षतिपूर्ति उपलब्ध गराउने नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।

    Advertisement

    गत चैत १७ गते शुक्रबार साँझ आएको असिनापानीसहितको हावाहुरीले कनकाईको वडा नं. ८ ,९ , १ र ७ मा बढी क्षति भएको छ ।

    Advertisement

    त्यसैगरी वडा नं. ६ र ४ गरि करिव १ सय ५० बिघा भन्दा बढी क्षेत्रफलमा लगाइएको मकैबालीका साथै तरकारी बालीमा पूर्ण क्षति पुगेको छ । त्यस्तै २ सय भन्दा धेरै घर धुरीको टिनको छाना छिद्र हुने गरि असिनाले क्षति पुर्याएको छ । त्यसमा हावाहुरीले ५० भन्दा धेरै घरको छानो उडाएको कृषि शाखाका प्रमुख यदु कुमार उप्रेतीले जानकारी दिनुभयो।

    photo

    नगरले वडागत रुपमा खटाईएका प्राविधिक तथा सरोकारवाला निकायहरुको जग्गा नाँपजाँच प्रतिवेदनका आधारमा क्षति भएको मकै खेतीका लागि उन्नत जातको धानको विउ उपलब्ध गराउनुका साथै अन्य अवस्था हेरि केकती क्षति भएको छ र त्यसका लागि नगर र वडागत रुपमा खटाईएका प्राविधिक तथा सरोकारवाला निकायहरुको प्रतिवेदन र वडाले आवश्यकता र क्षति हेरी बढिमा १० हजार वा सो बराबरको जस्तापात विधि अनुसार खरिद गरी उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिनुभयो।

    प्राविधिक प्रतिवेदनका आधारमा क्षति भएका तरकारी बालीहरुको हकमा आगामी कार्यपालिका बैठक बसी क्षतिपूर्ति निर्धारण गर्ने र कनकाई नगरपालिकाका प्राविधिक, सुरक्षा निकाय, रेडक्रसले तयार पारेको प्रतिवेदन बमोजिम क्षतिपूर्ति मागका लागि संघीय सरकार तथा कोशी प्रदेश सरकारलाई तुरुन्त आवश्यक पहल गर्ने नगरले निर्णय गरेको प्रशाशकीय अधिकृत विवेक भण्डारीले जानकारी दिनुभयो ।

    उता वडा न ८ र ९ मा पीडित १ सय ९ परिवारलाई राहत स्वरुप वडा न ९ का ६० घर परिवार वडा न ८ का ४९ घर परिवारमा आ- आफ्नो वडामा नै त्रिपाल वितरण गरिएको कर्मचारी बिजय पाठकले जानकारी दिनुभयो ।

    यसैबीच नगरका विभिन्न राजनीतिक दल , सरोकारवाला निकाय एवम् कृषक समुहमा आवद्ध पीडित कृषकहरुले आ- आफनो लगानी यसै खेर गई भोकभोकै मर्नुपर्ने अवस्था आएको भन्दै कृषकहरुका लागि गम्भीर बन्न नगरप्रमुखको ध्यानाकर्षण समेत गराएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.