झापा । बिश्व शान्तिको कामना गर्दै बिकाशानन्द फाउन्डेसनले मैन बत्ती र्याली गरेको छ।
पूर्णिामा उत्सवको अवसरमा बिर्तामोड स्थित सेन्टर बाट मुक्ति चौक सम्म फाउन्डेसनले मैन र्याली गर्दै गरिएको फाउन्डेसनका कोषाध्यक्ष ओमबिक्रम नेङ्वाङले जानकारी दिए । 
फाउन्डेसनले आगामी बैशाख २२ गरे बिर्तामोड स्थित डोमलाल रंगशालामा डा.योगि बिकाशानन्दको उपस्तिथिमा कार्यक्रम आयोजना गर्ने तयारी समेत गरेको सचिब बिजय बरालले बताए ।
संयोजक मेहर महरको अध्यक्षता रहेको कार्यक्रम केन्द्रिय प्रतिनिधि गजेन्द्रराज नेङ्वाङको प्रमुख आतिथ्य रहेको थियो । युवा हरिकृष्ण भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन सचिब बरालले गरेका थिए ।
Advertisement







