राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनकम लागि मनाेनयन दर्ता गर्दै आफूले पहिलेको भन्दा राम्रो मत ल्याउने कुरामा आफू अशावादी रहेकाे बताएका छन् ।
आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता पश्चात लामिछानेले निर्वाचनमा राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताएका हुन् ।
मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका थिए ।
लामिछाने पदमुक्त भएपछि २ मा उपनिर्वाचन हुन लागेको हो । लामिछानेसँगै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने, राप्रपाका जीवलाल पुरी, हाम्रो नेपाली पार्टीका शम्भु थापा र नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।
Advertisement







