राष्ट्रिय स्वतन्त्र पार्टीकि केन्द्रिय सदस्य तथा संघिय सांसद साेविता गौतमले आफ्नो पार्टी सानाे नभएर जनमतका आधारमा देशकाे चौथाे ठुलाे दल भएकाे बताएकी छन् ।
झापाकाे अर्जुनधारा,भद्रपुर,गौरादह नगर भेला तथा कचनकवल गाउँ भेलालाई सम्वाेधन गर्दै उनले उक्त कुरा बताएकी हुन । उनले आफ्नाे चुनावी कार्यक्रममा आफ्ना समकक्षी साथि काेहिपनि नभेटेकाे स्मरण गर्दै युवा जती सवै विदेशीनुले आफू दु:खी रहेकाे बताईन ।
रास्वपा देशकै चौथाे ठुलाे दल भईरहदा झापामा समानुपातिकमा भने ८७ हजार भन्दा बढि प्राप्त गर्दै तेस्राे ठुलाे दल बनेकाेमा खुसी व्याक्त गरिन । झापा चेतनशिल मानिस बस्ने जिल्ला रहेकाे बताउदै आगामी निर्वाचनमा झापा घण्टीमय हुने उद्घोष समेत गरिन । उनले अबकाे राजनिती बा हरुले छाेराछाेरि पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउदै पुर्व प्रधानमन्त्री केपी ओलीकाे क्षेत्र नै संक्रमित रहेकाले अब युवापुस्ताले नेतृत्व लिनुपर्ने समय आएकाे बताएकी हुन । उनले एमाले अध्यक्ष ओलि प्रति कटाक्ष गर्दै अब छाेरा छाेरिलाई नेतृत्व दिएर आराम गर्न आग्रह गरेकी हुन् । झापाले एक से एक नेता जन्माए पनि पार्टी भन्दा माथि उठ्न नसकेकाे भन्दै उल्लेख गरिन।







