बिर्तामोड । नेपाल मुस्लिम इत्तेहाद संगठनकाे काेसी प्रदेश स्तरीय प्रथम अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।
झापामा पहिलोपटक हुन लागेको अधिबेशन बाट नयाँ नेतृत्व चयन पनि हुने छ। फागुन २७ र २८ गते बिर्तामोडमा नेकपा एमाले निकट संगठनकाे प्रदेशस्तरीय अधिवेशन हुने आज बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । अधिवेशनमा २ सय ५० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने संगठनका केन्द्रिय सचिव अफ्रोज खानले बताए ।
सुनसरी ,उदयपुर ,मोरङ र झापामा मुस्लिमहरुको बाक्लो बसोबास रहेको छ ।
बिर्तामोडको सिपि पार्टी प्यालेसमा हुन लागेको अधिबेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन प्रमुख भानुभक्त ढकालले अधिवेशनकाे उद्घाटन गर्ने कार्यक्रम रहेकाे केन्द्रीय महासचिव तैयव हुसेनले बताए ।
अधिबेशनमा एमाले नेता राजेन्द्र गौतम ,सराज अहमद फारुखी लगायतका नेताले सम्बोधन गर्ने बताईएको छ ।







