बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (एमाले)लेआज बाट बिर्तामोडमा मिसनग्रासरुट कार्यक्रम थालनी गरेको छ ।
केन्द्रिय निर्देशन अनुसार गत फागुन १६ मा एमाले केन्द्रिय सदस्य उर्मिला थेबेको उपस्तिथिमा आज बाट वडा तह अन्तरगत कार्यक्रम संचालन गर्ने निर्णय गरिएको थियो ।
बिर्तामोडमा १० वडा मध्ये ९ नम्बर वडा बाहेक आज बाट एकसाथ मिसन सुरु गरिएको नगर कमिटी अध्यक्ष सुभाष भट्टराईले जानकारी दिए ।

मिसन ग्रासरुट अभियानका लागि प्रदेश कमिटी सदस्य खगेन्द्र नेपाल ,बिश्वमणी पोख्रेल ,कैलाश मास्के ,गोपाल बुढाथोकी,धनकुमार थुलुङ लगायतले सहजीकरण गर्ने छन् ।

पार्टी सुदृढीकरण तथा परिचालनको गतिविधि लाई सकृय बनाउने नीति अनुसार संचालन गरिएको कार्यक्रममा सदस्यता नवीकरण ,टोल कमिटी अधिबेशन ,वडा कमिटी पुर्न:गठन ,जनबर्गिय संगठनको अधिबेशन तथा नयाँ सदस्यता बितरण साथै पार्टी प्रवेश र प्रशिक्षण लगायतका कार्यक्रम संचालन गरिने अध्यक्ष भट्टराईले बताए ।
मिसन आगामी बैशाख ९ गते सम्म संचालन हुने बताईएको छ।
एमालेको ग्रासरुट बिर्तामोडमा सुरु
एमालेको ग्रासरुट बिर्तामोडमा सुरु
Advertisement
तपाईको प्रतिक्रिया







