• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षा क्षेत्रको विकासका लागि सबै सहयोग गर्न तयार छौ नगर प्रमुख पोख्रेल


  •    चन्द्र बस्नेत/ सोमबार, फागुन ०८, २०७९  

  • स्थानीय सरकार शिक्षा क्षेत्रको विकासका लागि सबै प्रकारका सहयोग गर्न तयार रहेको कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले बताउनुभएको छ । आइतबार कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित कनकाई नगर स्तरीय शैक्षिक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नगरप्रमुख पोख्रेलले सो कुरा बताउनुभएको हो।नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख सहजकर्ताको रूपमा आउनुभएका प्रा.डा. विद्यानाथ कोइरालाले दलकर्मी होइन, पेसाकर्मी शिक्षक आजको मुलुकको खाँचो रहेको बताउनुभएको छ ।
    उहाँले हरेक समयमा शिक्षण र विद्यार्थीको स्तर उकास्ने कुरामा चिन्तन गर्ने शिक्षक हुनसकेमा मात्र आशातीत सफलता प्राप्त हुनेमा जोड दिनुभयो ।
    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरभित्रका २२ वटा संस्थागत तथा १४ वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य, पीटीए अध्यक्ष, प्रधानाध्यापक तथा प्राचार्य, शिक्षक, जनप्रतिनिधि, शिक्षासेवी लगायत १ सय ५० जनाको सहभागिता रहेको थियो । कनकाई नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख पोखरेलले प्रमुख सहजकर्ता डा. कोइराला र सहभागी सबैलाई धन्यवाद दिँदै स्थानीय सरकार शिक्षा क्षेत्रको विकासका लागि सबै प्रकारका सहयोग गर्न तयार रहेको बताउनुभयो ।
    कार्यक्रममा नगर उप प्रमुख आशा शर्मा शिवाकोटी ,वडा न . २ का अध्यक्ष वलराम राई ( प्रताप) कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पिताम्बर गौतम, शिक्षा शाखाका प्राविधिक रोहित पौडेल , नगर कर्मचारी विजय पाठक , सामाजिक समितिका संयोजक नबलकिशोर दत्त, नेपाल शिक्षक महासङ्घ नगर अध्यक्ष शारदा पाठक, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नगर अध्यक्ष गोपीकृष्ण भट्टराई, अङ्ग्रेजी भाषा प्रशिक्षक टीकाप्रसाद लामिछाने, युनिक बहुमुखी क्याम्पस सुरुङ्गाका प्रमुख दीपक भट्टराई लगायतको उपस्थिति रहेको कार्यक्रममा नगर शिक्षा समिति सदस्य एवम् हाम्रो पाठशालाका संस्थापक अखिलकुमार कोइरालाले नगरले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका नीति तथा कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियोे । नगर शिक्षा समिति सदस्य एवम् कन्काई मावि सुरुङ्गाका प्रधानाध्यापक कर्णबहादुर डाँगीले नगरभित्रका विद्यालयका विद्यमान अवस्थाका बारेमा जानकारी गराउनुभएको
    कार्यक्रमको सन्चालन कनकाई नगरपालिकाका श्रोत व्यक्ति मेदनीप्रसाद पाठकले गर्नुभएको थियो।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.