झापा । नेपाल इङ्लिस ल्याङ्गोएज एसोसियसन (नेल्टा)झापाले नेतृत्व बिकास तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

अर्जुनधारा स्थित सालबाडीमा नेल्टाको आयोजनामा सदस्यहरुको क्षमता बिकासमा जोड दिने उदेश्यले आयोजित कार्यक्रममा झापाका सामुदायिक तथा संस्थागत बिद्यालयका शिक्षकहरुको उपस्थिति रहेको सल्लाहकार केशव मैनालीले जानकारी दिए ।
कार्यक्रम संयोजक एवं कमिटीका उपाध्यक्ष प्रकाश पराजुलीको अध्यक्षता रहेको कार्यक्रममा रत्नमान श्रेष्ठ ,खेमराज आचार्य, सुकदेव पोख्रेल , समीक्षा गौतम, ताराप्रसाद नेपाल, मिलन ओली लगायतले शुभकामना राखेका थिए ।

नेल्टा झापा अध्यक्ष तथा केन्द्रिय सदस्य धर्मेन्द्र भट्टराईको विशेष आतिथ्य रहेको कार्यक्रमको संचालन सचिब केशव उप्रेतीले गरेका थिए ।
Advertisement







