माघ १३ भद्रपुर । पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपमा निजी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि प्रवेश निःशुल्क गरिने भएको छ ।
गोल्ड कप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार नगर क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीसँगै निजी तथा संस्थागत विद्यालयका विद्यार्थीलाई पनि खेल हेर्दा शुल्क लाग्ने छैन ।
भद्रपुर नगरपालिका प्रदेश नम्बर १ को पहिलो बाल मैत्री नगरपालिका हो यसअघि भद्रपुर नगर क्षेत्रका सरकारी विद्यालयका विद्यार्थीले रंगशाला प्रवेश गर्दा शुल्क नलाग्ने घोषणा गरिएको थियो ।महासचिव जीवनकुमार श्रेष्ठका अनुसार विद्यालयले आलोपालो गरेर प्रतियोगिताका बेला विद्यार्थी पठाउनुपर्ने छ । सबै बालबालिकालाई समान व्यबहार गर्न र खेलकुदमा बालबालिकाको आकर्षण बढाउन निशुल्क गरिएको श्रेष्ठले बताए ।
त्यस्तै, नगरभित्रका ६८ वर्ष भन्दा माथीका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई पनि प्रवेश निःशुल्क गरिएको ढकालले जानकारी दिनुभयो







