बिर्तामोड । झापाको बिर्तामोडमा अङ्ग्रेजी विषय अध्यापन गराउने महिला शिक्षकाहरुको सम्मेलन ऎतिहासिक भएको आयोजकले जनाएको छ । 
नेपाल इङ्लिस ल्याङ्गोयज एसोसियसन (नेल्टा) को आयोजनामा नेपालमै पहिलोपटक सो कार्यक्रम भएको र सोचे भन्दा बढी सफलता प्राप्त गरेको आइतबार (आज) पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।
नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईले जिल्लाभरीका ३ सय ७० जना महिला शिक्षिकाहरु सहभागीता जनाएको बताए ।
नेल्टाका सल्लाहकार हेमन्तराज दाहाल, नेल्टाका बरिष्ठ उपाध्यक्ष प्रो. लक्ष्मण ज्ञवाली, युनिसेफकी शिक्षा बिशेषज्ञ बैशाली प्रधान, टोष्ट माटर्सकी अध्यक्ष एन्जीला बिष्टलगायले सहजीकरण गरेका थिए । सामुदायिक तथा संस्थागत बिद्यालय शिक्षिका सहभागीताले झापामा नयाँ आयाम शुरु भएको र अब फरक तरिकाले शिक्षा क्षेत्र अगाडि बढ्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा मिडिया पाट्नर आँगन एफएमलाई सम्मान समेत गरिएको थियो । सोही कार्यक्रमका बिच सहयोगी पत्रकारहरुलाई प्रमाणपत्रले धन्यवाद गरिएको उपाध्यक्ष केशवप्रसाद मैनालीले बताए । 
नेल्टा झापाका सचिव टिका सुवेदीले संचालन गरेको कार्यक्रममा वत्सल भट्टराई ,प्रकाश पराजुलीलगायतको उपस्थिति रहेको थियो ।







