बिर्तामोड २ का युवा गोबिन्द्र गिरिले जन्मदिन बालबालिका संग मनाएका छन् ।
बिर्तामोड २ चारपानेका सामाजिक युवा गिरिले आफ्नो जन्मदिनको अवसरमा पञ्चरत्न बालक्लबलाई आर्थिक सहयोग गरेका हुन् । उनले बिद्यालय परिसरमा बृक्षारोपण गर्दै क्लबको बिकासका लागि नगद ५ हजार १ सय रुपैयाँ प्रदान गरेका छन् । 
पञ्चरत्न माध्यमिक बिद्यालयमा रहेको क्लबका अध्यक्ष हिमा अधिकारीलाई सो रकम हस्तान्तरण गर्दै गिरिले बालबालिकाको हित बिकासको लागि सधै सहयोग गर्ने बताए । 
कार्यक्रममा प्रधानाध्यापक योगेन्द्रमणि दाहालले जन्मदिनमा गरिने फजुल खर्च लाई बालबालिकाको क्षेत्रमा लगानी गरेकोमा धन्यवाद दिए ।
Advertisement







