असोज १४ बिर्तामोड । खबरदारीका लागि स्थापना भएको युवा नागरिक समाज झापाको बिधिवत उद्घाटन साथै शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोडस्थित दुर्गा पार्टी प्यालेसमा समाजको प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले गरेका छन् ।उद्घाटन कार्यक्रमका सहभागीहरुले अब राजनीतिमा युवा आउनुपर्ने र युवा राजनीतिमा नआउने हो भने समाज परिवर्तन नहुने धारणा राखेका थिए ।
समाजका अध्यक्ष केशव भण्डारीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक जयनारायण ढुंगाना , सल्लाहकार सदस्य डा. लक्ष्मीप्रसाद मैनाली , बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सहित नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटी, वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरिया , वीरता जेसीजका अध्यक्ष प्रवीण खड्काले शुभकामना राख्दै युवालाई अग्रपंक्तिमा आउन र नेतृत्व लिन सुझाएको संस्थाका सहसचिव पुष्प पाठकले जानकारी दिए । भक्त विश्वासले गीतसंगीत प्रस्तुत गरेको कार्यक्रमको संचालन सचिव निराजन ओलीले गरेका थिए ।







