• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाका १३१ वडाध्यक्षहरुलाई कानुनी प्रावधान सम्बन्धी प्रशिक्षण


  •    संवाददाता/ शुक्रबार, भदौ ३१, २०७९  

  • झापा  । प्रदेश नम्बर १ का १४ जिल्लाका नव निर्वाचित जनप्रतिनिधिलाई प्रदेश प्रशिक्षण केन्द्र कलबलगुरी झापाले विद्यमान संबैधानिक तथा कानुनी प्रावधान सम्बन्धी विज्ञहरुबाट धमाधम प्रशिक्षण गराउँदै आएको छ ।

    केन्द्रले १४ जिल्लाका जनप्रतिनिधिमध्ये प्रमुख र उपप्रमुखलाई एकै थलोमा राखेर प्रशिक्षण प्रदान गरेको थियो भने हाल वडाध्यक्षहरुका लागि सम्बन्धित जिल्लामै तालिम सञ्चालन गरिरहेको छ ।

    Advertisement

    केन्द्रका निर्देशक विष्णुकुमार कार्कीले आजदेखि झापामा सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै ११ वटा जिल्लाका वडाध्यक्षहरुलाई यस अघि नै सो तालिम प्रदान गरेको बताउनुभयो । तीन दिनसम्म चल्ने तालिममा जिल्लाका १३१ वटा वडाका वडाध्यक्षहरु सहभागी भएका छन् ।

    Advertisement

    उहाँले वडाध्यक्षहरुको भूमिका संघीयता कार्यान्वयनमा महत्वपूर्ण हुने हुँदा उनीहरुले गर्ने कामहरुमा कानुनी अड्चनका कारण समस्या नहोस्, काम, कर्तव्य र अधिकार क्षेत्रका बारेमा स्पष्ट भएर काम गर्न सहज होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरेको बताउनुभयो ।

    जन्मदेखि मृत्युसम्मको सिफारिसको जिम्मा वडाध्यक्षलाई हुने भएकाले उनीहरुलाई जिम्मेवार, सामाजिक सुरक्षा, योजना तर्जुमा, कार्यालय व्यवस्थापन, अनुगमन र उपभोक्तासँग गरिने कार्यका बारेमा आवश्यक पर्ने कानुनलगायत १२ वटा विषयवस्तुमा प्रशिक्षण प्रदान गरिने उहाँको भनाई छ ।

    जिल्ला समन्वय समिति झापाको संयोजनमा आयोजित कार्यक्रममा १३१ वडाध्यक्षहरुलाई तीन वटा सभाहलमा राखेर प्रशिक्षण भइरहेको छ । जिसस झापाका संयोजक विश्वनाथ बरालले तालिमले जनप्रतिनिधिको व्यक्तित्व विकाससँगै कार्यक्षमतामा समेत बृद्धि गराउने जनाउँदै तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले तालिमले जिल्लाभरका वडाहरुमा काम गर्ने तौरतरिका र सेवामा एकरुपता ल्याउने विश्वास गर्दै अप्ठ्यारो परिस्थितिमा एकअर्कासँग समन्वय गर्न वडाध्यक्षहरुलाई निर्देशन दिनुभयो ।

    आजबाट सुरु भएको तालिम असोज २ गतेसम्म चल्नेछ । तालिमको सहजीकरण शशी राई, प्रेम राजवंशी, गणेश तिम्सिना र सुमन ढकालले गर्दै हुनुहुन्छ ।

    केन्द्रले पछिल्लो समय कर्मचारी, जनप्रतिनिधिलगायतलाई लक्षित गरेर विभिन्न तालिमको कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.