भाद्र २५ बिर्त। न्यूटन्स एजुकेशन एकेडेमीले ५८ औं राष्ट्रिय बाल दिवसका अवसर पारेर प्रि–प्राइमरीका बिद्यार्थीहरुको अतिरिक्त क्षमता प्रस्तुती कार्यक्रम सम्पन्न गरेको छ।

बिर्तामोड ५ मा रहेको बिद्यालयमा शनिवार (आज) भएको कार्यक्रममा प्रि–प्राइमरीका नानीबाबुहरुले विभिन्न प्रस्तुती गरेका थिए । बिद्यालय अभिभावक समितिका अध्यक्ष नरेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
बिद्यालयका प्रधानाध्यापक देवेन्द्र हुमागाईको स्वागत रहेको कार्यक्रममा कार्यक्रममा सञ्चारकर्मी लीला अनमोल,बिर्तामोड नगर शिक्षा अधिकृत जानुका रेग्मी, बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका अध्यक्ष सरोज पौडेल, प्रमुख अतिथि प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रि–प्राइमरीका बालबालिकाले नृत्यु, गीत प्रस्तुत गरेका थिए । 
अभिभावक र बालबालिकालाई सहभागी गराएर बाल मनोबिज्ञान जोड्न दिवसको अवसमा कार्यक्रम गरिएको प्रधानाध्यापक हुमागाईले बताए ।
बालबालिका दिवस र यसको सन्दर्भमा बालबालिका द्धारा रचित विभिन्न गतिविधि गरिएको बालक्लब फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिईन ।







