• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निःशुल्क डायलासिस गराउँन पालो कुर्नुपर्दैन


  •    संवाददाता/ बुधबार, भदौ २२, २०७९  

  • झापा । अर्जुनधारा–७ का ४१ वर्षीय भुपिन राईले आठ वर्षदेखि बिर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा लिइरहेका छन् । सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा लिएका उनले चार वर्षदेखि कुनै शुल्क तिर्नुपरेको छैन ।

    बिर्तामोड–४ का ६९ वर्षीय अग्निप्रसाद अधिकारी दुई वर्षदेखि मिर्गौलाको डायलासिस गराउन भद्रपुरको ओमसाई पाथिभरा अस्पताल धाउँछन् । निजी अस्पताल भए पनि सरकारले मिर्गौलाको डायलासिस निःशुल्क गराएको हँुदा उनले शुल्क तिर्नुपरेको छैन ।

    Advertisement

    झापामा तीनवटा अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा निःशुल्क उपलब्ध गराइएको छ । भद्रपुरको मेची प्रादेशिक अस्पताल, ओमसाई पाथिभरा अस्पताल र बिर्तामोडको पूर्णटङ्ग बिर्तासिटी अस्पतालले निःशुल्क सेवा उपलब्ध गराउँदै आइरहेको छ । सूचीकृत अस्पतालबाट नियमित निःशुल्क डायलासिस सेवा लिइरहेका मिर्गौलाका बिरामीको संख्या दुई सय नाघेको छ भने त्यहाँ ३५ वटा डायलासिस उपकरण छन् ।

    Advertisement

    जिल्लामा मिर्गौलाका बिरामीको संख्या यसको दोब्बर रहेको अनुमान गरिए पनि अरुहरुले झापा बाहिर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरको नोवेल मेडिकल कलेज र भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट डायलासिस सेवा लिइरहेको पाइएको छ । उपकरणको संख्या थोरै भएका बेला केहीवर्ष अघिसम्म निःशुल्क डायलासिसको पालो पाउन अर्को बिरामीको मृत्यु कुर्नुपर्ने दुःखदायी अवस्था थियो तर अहिले डायलासिस उपकरण पर्याप्त मात्रामा थपिएका कारण पालो कुर्नुपर्ने अवस्था अन्त्य भएको हो । यसबाहेक विर्तामोडको मनमोहन सामुदायिक अस्पतालले रोटरी क्लब अफ मिडटाउनको सहकार्यमा सातवटा डायलासिस उपकरण एक वर्षदेखि सञ्चालनमा ल्याइरहेको छ ।

    निःशुल्क सेवा प्रदान गर्ने अस्पतालको सूचीमा दर्ताको प्रक्रिया चलिरहेका कारण हाल यहाँबाट सरकारले तोकिदिएकै दुई हजार पाँच सयमा डायलासिस सेवा दिइरहेको बताइएको छ । झापामा सबैभन्दा धेरै १६ वटा उपकरण राखेको ओमसाई पाथिभरा अस्पतालमा नियमित एक सय पाँच बिरामीले निःशुल्क डायलासिस सेवा प्राप्त गरिरहेका छन् ।

    ‘अन्य अस्पतालले दिनको दुई चरणमा सेवा दिइरहेका छन्, हामीले नियमित दैनिक तीन चरणमा सेवा दिइरहेका छौँ,’ ओमसाई पाथिभरा अस्पतालका व्यवस्थापक मनोज दाहाल भन्छन्, ‘यहाँ कुनै पनि बिरामीले पालो कुर्नुपर्दैन । कसै–कसैले हप्तामा तीन पटकसम्म सेवा लिइरहेका छन् ।’ उक्त अस्पतालले निकट भविष्यमा दमक, इटहरी, लहान र बर्दिबासमा शाखा सञ्चालन गरेर मिर्गौलाका बिरामीलाई निःशुल्क डायलासिस सेवा दिने योजना बनाइरहेको उनको भनाई छ । विसं २०७१ सालदेखि उक्त अस्पतालमा डायलासिस सेवा उपलब्ध छ ।

    सरकारी स्वामित्वको मेची प्रादेशिक अस्पतालमा १३ वटा उपकरण राखेर मिर्गौलाका बिरामीको डायलासिस भइरहेको अस्पतालका सूचना अधिकारी मनोज पोखरेल बताउछन् । उनका अनुसार अस्पतालमा नियमितरुपमा ६० जनाले डायलासिस सेवा लिइरहेका छन् । विगत केही वर्षदेखि काठमाडौँको बिराङ हेल्थ केयर नामक निजी संस्थासँगको व्यवस्थापकीय सहकार्यमा डायलासिस सेवा सञ्चालन भइरहेकामा गत महिनादेखि साझेदार हटाएर अस्पताल आफैले सेवा प्रदान गरिरहेको छ ।

    मेची अस्पतालमा पनि डायलासिस सेवा लिन बिरामीले पालो कुर्नुपर्ने विगतको जस्तो अवस्था अहिले नभएको र बिरामीले सबै सेवा निःशुल्क प्राप्त गर्ने सूचना अधिकारी मनोज पोखरेल उल्लेख गरेका छन् । अस्पतालको संख्या धेरै भएको जिल्लाकै प्रमुख व्यापारिक केन्द्र बिर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पताल मात्र निःशुल्क डायलासिस सेवा प्रदान गर्ने अस्पतालको रुपमा स्वास्थ्य मन्त्रालयमा सूचीकृत छ । हाल उक्तअस्पतालमा पाँच वटा डायलासिस उपकरण छन् ।

    नियमित डायलासिस गराउने बिरामीको संख्या २७ पुगेको छ । अस्पताललाई निकट भविष्यमा नयाँ भवनमा सर्ने र त्यहाँ थप उपकरण राखेर सेवा बढाउने अस्पतालको तयारी रहेको व्यवस्थापन पक्षले जनाएको छ । विर्तामोडमा बिएण्डसी, कनकाई, सञ्जीवनीलगायत निजी अस्पताल सञ्चालनमा छन् तर मनमोहन सामुदायिक अस्पतालले रोटरीसँगको सहकार्यमा सरकारी दररेटमै डायलासिस सेवा दिइरहेको छ । अरु अस्पतालले शुल्क लिएर मात्र डायलासिस सेवा प्रदान गर्दै आएका छन् ।

    सातामा तीन पटक डायलासिस गराइरहेका अर्जुनधाराका भुपिन राई दुई पटकको निःशुल्क र शुक्रबार एक पटकको भने चार हजार तिरिरहेको बताएका छन् । दुई पटकको मात्र पैसा लाग्दो रहेनछ, एक पटकको हप्तैपिच्छे तिर्दै आएको छु, उनी भन्छन्, आर्थिक अभावले मिर्गौला प्रत्यारोपण गर्न सकिएन, यही डायलासिसले आठ वर्षदेखि बाँचिरहेको छु । सरकारले डायलासिस निःशुल्क गरिदिएपछि विपन्न मिर्गौलाका बिरामीका लागि सहज भएको राई बताउछन् ।

    चन्दा सहयोगले पनि नपुगेपछि मिर्गौला उपचारकै लागि बिरामी अवस्थामा लामो अवधिसम्म अटोरिक्सा चलाउनु भएका उनले स्वास्थ्य खस्किँदै गएकाले हाल रिक्सा चलाउन छाडेको उल्लेख गरेका छन् । निःशुल्कका लागि कागजपत्र नबनाउँदाको अवस्थामा नयाँ बिरामीले एक पटक डायलासिस गर्दा सेवा शुल्क दुई हजार पाँच सयदेखि चार हजारसम्म अस्पताललाई बुझाउनुपर्ने हुन्छ । नयाँ बिरामीले डाइलेटर, फिल्टरलगायत आवश्यक सामान किन्नुपर्ने हुन्छ तर सरकारबाट निःशुल्क सेवा पाउने पत्र पाइसकेका बिरामीले फिस्टुला बनाउँदा बाहेक कुनै शुल्क तिर्नु नपर्ने ओमसाई पाथिभरा अस्पतालका व्यवस्थापक मनोज दाहाल बताएका छन् ।

    मिर्गौलाले काम नगर्ने भएको चिकित्सकको प्रतिवेदनका आधारमा स्थानीय तहले सिफारिस दिने र सोही सिफारिस स्वास्थ्य मन्त्रालयमा दर्ता गराएपछि बिरामीले निःशुल्क डायलासिस सेवा पाउने व्यवस्था छ । पछिल्लो समय सरकारले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई औषधि उपचार र जीविकाका लागि मासिक पाँच हजार दिने नीति लागू गरेको छ ।
    निःशुल्क डायलासिस र मासिक उपचार सहयोगले मिर्गौला बिरामीको जीवन बचाउन ठूलो मदत पुगेको छ । – इजलास दैनिक

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.