भाद्र १७ बिर्तामोड । कोन्पाना बारिस्टा ट्रेनिङ सेन्टरले आफ्नो पहिलो वार्षिक उत्सवको अवसरमा दृष्टिबिहिन बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
बिर्तामोड ५ मा रहेको ट्रेनिङ सेन्टरले बिर्तामोड ९ गरामनीमा रहेको दुर्गा माध्यमिक बिद्यालयमा अध्ययनरत दृष्टिबिहिन बालबालिकालाई ब्रेलपेपर , तबला र अन्य आवस्यक सामाग्री बितरण गरिएको प्रबन्धक किरण खड्काले जानकारी दिए।
स्वदेश तथा वैदेशिक रोजगारमा जान चाहनेहरुका लागि सेन्टरले युवाहरूलाई कफि बनाउने तालिम दिदै आएको छ ।
आफ्नो अनुभब र सिपलाई सदुपयोग गरौं भन्ने उदेश्यले स्थापना गरिएको सेन्टरले झापा सहित इलाका ,पाँचथर,ताप्लेजुङका युवाहरूलाई तालिम प्रदान गर्दै आएको छ ।
शैक्षिक ,बाध्यबाधनका सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बिद्यालयका शिक्षक उमानाथ भण्डारीले युवाको सीप र क्षमतालाई रोजगारमुखी बनाउन आग्रह गर्दै फरक क्षमता भएका बालबालिका संग वार्षिक उत्सव मनाएको भन्दै खुशी ब्यक्त गरे ।







