भाद्र १५ बिर्तामोड । दुर्गा माध्यमिक बिद्यालयमा उद्घोषण तथा नेतृत्व बिकास सम्बन्धि कक्षा शुरु भएको छ।विद्यार्थीहरुको वाककला र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बिद्यालयका प्रध्यानाध्यपक कृष्ण प्रसाद पाठकले बताए ।
बिर्तामोड ९ गरामनीमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको शिक्षक उमानाथ भण्डारीले जानकारी दिए । दुर्गा बालक्लबको आयोजनामा संचालन भएको तालीम बालबालिका तथा शिक्षा संचार मञ्च अध्यक्ष सरोज पौडेलको सहजीकरण रहेको तालीममा बालबालिका संग भएका आन्तरिक क्षमता लाई उजागर गर्न प्रेरित गर्ने उदेश्यले कक्षा संचालन गरिएको बालक्लब अध्यक्ष सौगात घिमिरेले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रध्यानाध्पक पाठकले विद्यार्थीहरुमा भएको क्षमता उजागर गर्दै चौतर्फी बिकासमा बिद्यालयले कुनै कसुर बाकिँ नराख्ने र बालबालिका लाई किताबी ज्ञान मात्र नभएर अतिरिक्त विषयमा अग्रसर गराउन उद्घोषण कक्षा संचालन गरिएको बताए ।
संचारकर्मी हरि बराल, सुब्रत न्यौपाने लगायतले सहजीकरण गर्ने तालिम सात दिन सम्म संचालन हुने प्रशिक्षणमा नेतृत्व बिकास,माईन्युट लेखन र उद्घोषणका कक्षा हुने बताइएको छ ।
शिक्षक धर्मेन्द्र भट्टराई ,उमानाथ भण्डारीले शुभकामना राख्दै बालबालिका रचनात्मक बन्न आग्रह गरेका थिए ।
क्लबका अध्यक्ष घिमिरेको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचीव रश्मि भण्डारी र स्वागत सौरभ खरेलले गरेका थिए।
दुर्गा मा.बि मा नेतृत्व बिकास तालिम सुरु
दुर्गा मा.बि मा नेतृत्व बिकास तालिम सुरु
Advertisement
तपाईको प्रतिक्रिया







