• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

समाचार प्रभाव ः स्व. उजारुको घर निर्माणका लागि जुट्न थाल्यो सहयोग


  •    संवाददाता/ सोमबार, भदौ १३, २०७९  

  • बिर्तामोड, भदौ १३ । बिहिबार झापाका केही संचार माध्यमहरुमा विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता स्व.उजारु राजवंशीको बारेमा समाचार आए पश्चात घर निर्माणका लागि सहयोग संकलन हुन थालेको छ ।

    राजवंशी परिवारको घर निर्माण गरिदिन दुर्गा माविका प्रधानाध्यापक कृष्णप्रसाद पाठकको संयोजकत्वमा इन्द्रसिंह राजवंशी ,सुमन राजवंशी ,सरोज पौडेल र उमानाथ भण्डारी रहेको स्व. उजारु राजवंशी भवन निर्माण समिति गठन गरिएको छ । सोही समितिमार्फत सहयोग संकलन हुन थालेको हो ।

    Advertisement

    जग्गादाता उजारु राजवंशीको घर निर्माणका लागि दुर्गा माविले ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । विद्यालय परिवारका तर्फबाट शुरुवाती चरणमा सो रकम सहयोग गरिएको प्रधानाध्यापक पाठकले बताए । त्यस्तै रोटरी क्लब अफ डिल्लीबजार काठमाडौले ३० बोरा र कालीमाता मठमन्दिर समिति बिर्तामोड ९ नरियावारीले २० बोरा सिमेन्ट प्रदान गर्ने निर्णय गरेको छ । दुवै संस्थाबाट ५० बोरा सिमेन्ट दिने निर्णय भएको रोटरी क्लब अफ डिल्लीबजारका सदस्य समेत रहेका कालीमाता मठमन्दिर समितिका अध्यक्ष युवराज रोकाले बताए ।

    Advertisement

    त्यस्तै अन्य दाता महानुभावहरुले पनि नगद तथा जिन्सी सहयोग गर्ने इच्छा व्यक्त गरेको निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले बताए । सहयोग संकलनलाई व्यवस्थित र पारदर्शी बनाउन लुम्बिनी विकास बैंक बिर्तामोड शाखामा स्व. उजारु राजवंशी भवन निर्माण समितिको नाममा खाता खोलिएको राजवंशीले बताए । खाता नम्बर ०७२००१२०२४२१५८०००००१ रहेको छ । समितिले यस खातामा सहयोग गरिदिनु हुन सबै सहयोगीहरुलाई आव्हान गरेको छ ।

    जग्गादाता उजारु राजवंशीको निधनपछि उनको परिवार झनै समस्यामा परेको हो । उजारुकी श्रीमती चम्पा राजवंशी बस्ने राम्रो घर नभएपछि घर बनाइदिने अभियान संचालन गर्न लागिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.