ब्रिटिस ल्याङ्गवेज तथा आई.टि इन्स्टिच्युटको आयोजना तथा सुभानी सप्लायर्सको सहकार्यमा “द व्युटि वर्ड मेक अप एण्ड पार्लर ट्रेनिङ्ग सेन्टर”ले ३ महिने व्युटिसियन तालिम सम्पन्न गरेको छ ।
एक औंपचारिक कार्यक्रमका बिच आज ४५ जना प्रशिक्षार्थीहरु लाई प्रमाणपत्र वितरण गरिएको छ । उक्त तालिमबाट सहभागीहरुले मेकअप , नेल आर्ट,व्युटिसियन र मेहन्दि सम्वन्धी तालिम लिएका हुन । 
संचालक भगवान वस्नेतको अध्यक्षता रहेको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम को सञ्चालन वत्सल भट्टराईले गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष शर्माले लिएको तालिमको उच्च सम्मान गर्दै व्यवसायी बन्न अनुरोध गरे । हाल १सय २० जना विध्यार्थीले तालिम लिरहेका छन् । स्थापनाको ७ महिना पार गरिसकेको “द व्युटि वर्ड मेक अप एण्ड पार्लर ट्रेनिङ्ग सेन्टर”ले व्युटिसियन तालिम साथै पार्लर पनि सञ्चालनमा ल्याएको छ ।







