• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, कार्तिक ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आज कोजाग्रत पूर्णिमा: बडादशैं बिदा गर्दै लक्ष्मीको स्वागत गरिँदै


  •    संवाददाता/ आइतबार, कार्तिक ०९, २०८३  

  • आज कोजाग्रत पूर्णिमा बडादशैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ ।

    कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ ।

    Advertisement

    आज साँझ दूर्गाको एक रूप महालक्ष्मीको पूजाआराधना गरी रातभरि जाग्राम बस्ने गरिन्छ । यसो गरे लक्ष्मी घरमा प्रवेश गरी धनधान्यले सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

    Advertisement

    लक्ष्मीपूजाको १५ दिनअघि पर्ने कोजाग्रत पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

    आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।

    आज बेलुकी अखिल (सबै) बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा दशैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ र पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ । भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई दशैंको बिदा र तिहारको तयारीका रूपमा पनि लिने गरिन्छ ।

    आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेष रूपमा गरिने तुलसी पूजा पनि आजदेखि नै सुरु हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिल्ला प्रशासन कार्यालय झापाले बिदाको दिन पनि विशेष सेवा दिदैं
    झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध
    कर्णाली याक्सबाट डेभिड मिलरले एनपीएल खेल्ने
    ताजा अपडेट
    • आज कोजाग्रत पूर्णिमा: बडादशैं बिदा गर्दै लक्ष्मीको स्वागत गरिँदै
    • जिल्ला प्रशासन कार्यालय झापाले बिदाको दिन पनि विशेष सेवा दिदैं
    • झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध
    • कर्णाली याक्सबाट डेभिड मिलरले एनपीएल खेल्ने
    • दशैँको टीकाको दोस्रो दिन: मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै
    • विदेशी पर्यटकले पनि लगाए दशैँको टीका
    • आज दशैँको मुख्य दिन : टीकाको उत्तम साइत १०:२६ बजे
    • एनपीएलमा डीआरएस प्रविधि प्रयोग हुने
    • धेरै ठाउँमा मौसम सफा : भोलि पनि घमाइलो नै रहने
    • ओमानविरुद्ध नेपालको रोमाञ्चक जित, छैटौं स्थान पक्का

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.