दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन् ।
उनलाई अनुबन्ध गरिएको कर्णाली याक्सले औपचारिक घोषणा गरेको छ । ३७ वर्षीय बायाँहाते ब्याटर मिलर मध्यक्रममा खेल्ने गर्छन् ।
छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी-२० क्रिकेटका अनुभवी फिनिसर हुन् । मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
Advertisement
सबैखाले टी-२० क्रिकेटमा मिलरले ५८४ खेलमा १२ हजार ४३५ रन बनाएका छन् । यस क्रममा उनले चार शतक र ५३ अर्धशतक बनाउनुका साथै ५६९ छक्का प्रहार गरेका छन् ।






