• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, कार्तिक ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आज दशैँको मुख्य दिन : टीकाको उत्तम साइत १०:२६ बजे


  •    संवाददाता/ बुधबार, कार्तिक ०५, २०८३  

  • आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाएर विजयादशमी मनाइँदै छ ।

    विशेषगरी रातो टीकालाई शुभ साइतको प्रतीक र जमरालाई समृद्धिको प्रतीक मानिन्छ । दशैँ घर वा पूजा कोठामा नवरात्रका नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

    Advertisement

    टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान १० बजेर २६ मिनेटको साइत उत्तम रहेको जनाएको छ । पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्नेछ ।

    Advertisement

    विजयादशमीको दिन दुर्गा विसर्जनपछि दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेहरुका लागि १० बजेर २६ मिनेट उत्तम रहेको समितिका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिए । समितिका अनुसार घटस्थापना गरी जमरा राखेको ठाउँमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ ।

    असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैँको सबैभन्दा महत्वपूर्ण दिन हो । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट टीका, जमरा र आशीर्वाद लिइन्छ ।

    देशका धेरैजसो ठाउँमा कोजाग्रत पूर्णिमाका दिनसम्म नै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ । तर नेपालका केही भागमा भने कुल, परम्पराअनुसार आज एक दिन मात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । साथै केही जाति विशेषले दही र अक्षताका सेतो टीका पनि लगाउने गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जिल्ला प्रशासन कार्यालय झापाले बिदाको दिन पनि विशेष सेवा दिदैं
    झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध
    कर्णाली याक्सबाट डेभिड मिलरले एनपीएल खेल्ने
    ताजा अपडेट
    • जिल्ला प्रशासन कार्यालय झापाले बिदाको दिन पनि विशेष सेवा दिदैं
    • झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध
    • कर्णाली याक्सबाट डेभिड मिलरले एनपीएल खेल्ने
    • दशैँको टीकाको दोस्रो दिन: मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै
    • विदेशी पर्यटकले पनि लगाए दशैँको टीका
    • आज दशैँको मुख्य दिन : टीकाको उत्तम साइत १०:२६ बजे
    • एनपीएलमा डीआरएस प्रविधि प्रयोग हुने
    • धेरै ठाउँमा मौसम सफा : भोलि पनि घमाइलो नै रहने
    • ओमानविरुद्ध नेपालको रोमाञ्चक जित, छैटौं स्थान पक्का
    • सरस्वती बाल कल्याणमा शुभकामना आदानप्रदानसहित विद्यार्थी पुनर्मिलन कार्यक्रम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.